परिचय

डिभिजन वन कार्यालय धादिङ वि.सं. २०४० मा जिल्ला वन कार्यालय, धादिङ को नाममा स्थापना भएको थियो। नेपाल सरकारको २०७५/०३/३२ को निर्णयअनुसार यसको नाम परिवर्तन भई डिभिजन वन कार्यालय, धादिङ राखिएको हो। हाल यो बागमती प्रदेश सरकारको, वन तथा वातावरण मन्त्रालय मातहत रहेको छ। यस कार्यालय अन्तर्गत ७ वटा सब डिभिजन वन कार्यालयहरू रहेका छन्


जिल्लाको परिचय

धादिङ जिल्ला उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा महाभारत लेकसम्मको फैलिएको नेपालको एक मात्र जिल्ला हो। बागमती प्रदेशमा अवस्थित यस जिल्ला यस देशको ३९ पहाडी जिल्लामध्ये एक पहाडी जिल्ला हो। कूल ,९२४.८७ वर्ग कि.मि. (नेपालको कूल क्षेत्रफलको करिब .३१%) क्षेत्रफलमा फैलिएको यो जिल्लाको पूर्व-पश्चिम फैलावट भन्दा उत्तर-दक्षिण बिस्तार बढी रहेको यस जिल्लाको सदरमुकाम धादिङबेसी, काठमाडौँबाट ८२ कि.मि. पृथ्वी राजमार्गमा पर्ने मलेखु फुर्केखोलादेखि १८ कि.मि. उत्तरमा अवस्थित


अवस्थिति

अक्षांश: २७०१७' उत्तरदेखि २७°४० उत्तरसम्म

देशान्तर : ८४°३५' पूर्वदेखि ८५°१७' पूर्वसम्म फैलिएको


सिमाना

पूर्व: काठमाडौँ, नुवाकोट रसुवा जिल्ला

पश्चिम : गोरखा जिल्ला

उत्तर : तिब्बत स्वशासित क्षेत्र (चीन) रसुवा जिल्ला

दक्षिण : मकवानपुर चितवन जिल्ला


समुन्द्र सतहदेखि उचाइ

सदरमुकाम : ६४० मिटर (धादिङबेसी)

सबैभन्दा अग्लो स्थान : ७११० मिटर (पाविल हिमाल)

सबैभन्दा होचो स्थान : ३०० मिटर (बेनिघाट रोराङ गा.पा. स्थित जोगीमारा)

हावापानी : उपोष्ण, समशीतोष्ण, शीतोष्ण

ठुला टार : सल्यानटार, कल्लेरीटार, पिपलटार, बिशालटार, रिचोकटार, गजुरीटार फिसफिसेटार, मासटार आदि।


पर्यटकीय मुख्य गन्तव्य

रुबी भ्याली, गणेश हिमाल, पांगसांग पास, ङ्गाजमुनाको झरना, झार्लाङको तातोपानी मूल, गुप्तेश्वर, चमेरे ओडार, भैरवी मन्दिर, ज्वालामुखी मन्दिर, नृसिंहधाम, अनेकन्या मन्दिर, मैदीकोट, त्रिपुरा सुन्दरीलगायत जिल्लाका अन्य विविध भेगमा इतिहास संस्कृतिसँग जोडिएका अनेक स्थान भएको तर प्रचार, प्रसारको अभावमा ओझेल परेको


क्षेत्रफल

जिल्लाको कूल क्षेत्रफल: ,९२,४८७ हेक्टर

वन क्षेत्र : ६७,४०० हे. (३४.९० प्रतिशत)

झाडी क्षेत्र : २५,४०० हे. (१३.१५ प्रतिशत)

चरण क्षेत्र: १५,८८० हे. (.२२ प्रतिशत)

कृषि क्षेत्र : ७३,१८८ हे. (३७.९० प्रतिशत)

अन्य : ११,२४५. हे. (.८२ प्रतिशत)


समुदायमा आधारित वनको संक्षिप्त जानकारी

सामुदायिक वन

सङ्ख्या : ७१७ वटा

घरधुरी : ७८,००३

क्षेत्रफल : ३६३८९. हेक्टर

कबुलियती वन

सङ्ख्या: ४८५ वटा

घरधुरी : ४३३४ घरधुरी

क्षेत्रफल : १९२२.१२ हेक्टर

धार्मिक वन

सङ्ख्या : वटा

क्षेत्रफल : १०. हेक्टर

निजी वन

सङ्ख्या : २७ वटा

घरधुरी : २७ परिवार

क्षेत्रफल : १७.१४ हेक्टर


वनका मुख्य प्रजाति

पहाडी साल वन, सल्ला चौडापाते, खश्रु वन, गुराँसको वन क्षेत्र, तालिसपत्रको वन, चिलाउने, कटुस, उत्तिस, आंशिक रूपमा लौठ सल्ला अन्य झाडी बुट्यान

मुख्य जङ्गली जनावर : सालक, चितुवा, हिउँचितुवा, जङ्गली याक, रेड पान्डा (हाब्रे) आदि।


डिभिजन वन कार्यालय धादिङको कार्यक्षेत्र

null