चिउरी: नर्सरी र वृक्षारोपण अभ्यास

श्रोत पुस्तिका

None

आधुनिक युगको 'कल्पवृक्ष' चिउरी हाम्रो बेवास्ताले दिनदिनै मासिँदो अवस्थामा पुगेका छन्। उपयोगिताको दृष्टिकोणले सदाबहार चिउरीलाई पुनः सदुपयोग र संरक्षणको मूलधारमा ल्याउनु राम्रो पहिलो दायित्व हो। यिनै पक्षलाई आत्मसात् र अपनत्व वहन गर्दै बागमती प्रदेश सरकारले प्रदेश मित्रका चेपाङ र चिउरी बाहुल्य ६ पालिकाको सहकार्य हुने गरी बा.व २०८०/०८१ देखि 'चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम लागू गरेको छ। यो कार्यक्रम चिउरीमा भविष्य खोजिरहेकाहरूका लागि अत्यन्त ठुलो उपलब्धि हो।

प्रदेश सरकारको यो कार्यक्रमले पुनः संरक्षण, सम्बर्द्धनको काम सुरु भएका छन् तर यसको लागि आधारभूत पक्ष चिउरीको बिरुवा उत्पादन गर्ने, नर्सरी बनाउने र सही तरिकाले वृक्षारोपण गर्ने विषयमा जानकारी गराउनु हाम्रो दायित्व महसुस गरेर गजुरी गाउँपालिका, धादिङको वार्षिक सहयोग र डिभिजन बन कार्यालय, धादिङको प्राविधिक सहयोगमा देशका विभिन्न भागमा चिउरी लगाउन चाहने किसान तथा उपभोक्ता, नर्सरीमा कार्यरत नर्सरी नाइके, वन तथा कृषि प्राविधिक र निजी क्षेत्रका नर्सरी सञ्चालकलाई लक्षित गरेर यो पुस्तक यहाँहरू समक्ष ल्याउन पाउनु हाम्रो लागि अत्यन्त खुसीको कुरा हो।

पुस्तकमा ३ वटा खण्ड रहेका छन्। पहिलो खण्डमा चिउरी परिचय छ जहाँ चिउरीको लागि उपयुक्त भूगोल, उपयोगिता, चिउरी त्रिभुज' (चिउरी, चेपाङ, चमेरी अन्तरसम्बन्ध र बागमती प्रदेश सरकारले ल्याए‌को कार्यक्रमको छोटो जानकारी छ।

दोस्रो खण्ड चिउरीको नर्सरी व्यवस्थापन हो। यसमा नर्सरीको परिचयदेखि चिउरीको बिरुवा उत्पादन र आवश्यक व्यवस्थापनका पक्ष उल्लेख छन्। यो खण्डमा हामीले डिभिजन बन कार्यालय, धादिङमा सञ्चालन गरिएको नर्सरीमा गरिएका विभिन्न अभ्यास र अनुभवलाई पनि स्थान दिएका छौ। यो हाम्रो नर्सरीको अनुभव मात्र हो, देशव्यापी रूपमा नमिल्न पनि सक्छ तर हामी यो अनुभवलाई देशका अन्य कार्यालयले प्रयोग गरुन् र अनुभवको आदानप्रदान गरौँ भन्ने आग्रह समेत गर्न चाहन्छ।

तेस्रो खण्डमा चिउरीको वृक्षारोपण रहेको छ। यस खण्डमा चिउरीको लागि उपयुक्त भूगोलदेखि रोप्ने तरिकाको साथै कसरी चिउरीको रोपणलाई प्रवर्द्धन गर्न सकिन्छ भन्ने अनुभव समावेश गरिएको छ।

लक्षित समूहले यस पुस्तकबाट केही ग्रहण गरेर चिउरीको बिरुवा उत्पादन र वृक्षारोपणको गुणस्तर बढ्नुका साथ चिउरी प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुगेमा हामी खुसी हुनेछौ।

विष्णु प्रसाद आचार्य

डिभिजनल वन अधिकृत